म एक ट्राफिक प्रहरी हुँ; कुनै iron man होईन




म एक ट्राफिक प्रहरी हुँ; कुनै iron man होईन जो जे केहिले प्रहार गर्दा नि केहि नहुने । म एक त्यस्तो व्यक्ति हु जो आफ्नो परिवारलाई भन्दा पनि तपाईंको सुरक्षामा बढि समय ब्यतित गर्दछु।  

 म तपाईंको सुरक्षाको लागि तपाईंको सवारी अनुमतिपत्र चेक गर्छु। यदि छ भने म तपाईंलाई सवारीसाधन चलाउन योग्य ठानि छोड्छु। छैन भने सवारीसाधन नछलाउन सल्लाह दिन्छु जसले गर्दा तपाईं सम्भाबित दुर्घटनाबाट बच्नु सक्नुहुन्छ। मापसे सेवन पनि म चेकजाँच गर्छु ताकि तपाईं दुर्घटनाबाट जोगिन  सक्नुहोस।  म सल्लाह पनि दिन्छु तर धेरै सेवन गरेको खण्डमा तपाईंलाई सुरक्षित ठाउँमा राख्छु पनि, ताकि कुनै अप्रिय घटना नघटोस । 

न त म धाम भन्छु  न पानि नै: तपाईंको सुरक्षाको लागि म अहोरात्र खटिरहेको हुन्छु । मेरो नि परिवार छ । मलाई पनि तपाईं जस्तै हासीहासी परिवारसँग समय ब्यतित गर्न मन छ । यो महामारीको अवश्थामा मलाई पनि कहाँ बहिर काम गर्न मन होला र, तर देश र जनता नै मेरो पहिलो प्राथमिकता भएको कारण म आफ्नो ज्यान जोखिममा राखि तपाईंको सुरक्षामा खटिरहेको हु । भोग प्यास नभि खटेको म एक जवान ट्राफिक प्रहरी माथीको थोरै माया दया भन्ने छैन र?



धन्यवाद!

Comments

Post a Comment