![]() |
| सिर्जना तामाङ |
अहिले बिश्वलाई आतङ्कित बनाई पानीजहाजको रूपमा फैलिरहेको यो महामारी कोरोना भाइरस (Covid-19) नेपालमा पनि १ महिना यता यसको प्रभाव दिनप्रतिदिन बढिरहेको छ। विश्वको सबै जस्तो देशहरुले लकडाउनलाई कडारुपमा लागु गरि उपचारको पहिलो माध्यमा राखिसकेका छन् भने कतिपय देश भने अर्थतन्त्र खस्किने भयले लकडाउन नगरी टेस्टको दाएरा उल्लेखनियरूपमा बढाएर सङ्क्रमितको उपचार गरिरहेका छन् । नेपालीमा भने लकडाउनलाई नै पहिलो प्राथमिकता दिएको छ जसकारण नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पुर्ण क्षेत्रमा प्रतिकुल असर परिरहेको हामीले प्रतक्षरूपमा नै महसुस गरिरहेका छौ ।
यस्तो घातक महामारीको बेला हामी बाहिर निस्कन, घुम्न छोडेका छैनौ जबकि मृत्युको सङ्ख्या १५ पुगिसकेको छ र सङ्क्रमितको सङख्या ४ हजार नागी सकेको अवस्था छ। यो समयमा हामी विशेष गरेर आफू र परिवारलाई कसरी बचाउने भनेर सोच्नु धेरै जरूरी छ। लकडाउने गर्दा प्रायः सबै मानिसहरुलाई समय बिताउन एकदमै गाह्राे भइरहेको छ। यो त, मेरो आफ्नै समस्या पनि हो। मलाई जस्तै समस्या अरुलाई पनि भइरहेको होला भन्ने लागिरहेको छ। लकडाउनले खाली देशको अर्थतन्त्रमा मात्र प्रतिकुल असर पारेन, यसले बालबालिकाको पढाइ लेखाई धोस्त नै पारिसकेको छ । हाल बन्दाबन्दीको कारण सबै स्कुल, कलेज ठप्प छ र यसको वैकल्पिक माध्यम सरकारले चाडो भन्दा चाडो खोज्नु पर्ने स्थिति देखिएको छ नत्र शिक्षा धारासाहि हुने निस्चित छ ।
कस्तो बिडम्बना साथीसंग पनि भेट हुने कुरै भएन यस्तो बेला । खान, सुत्न र बस्न बाहेक केही काम पनि हुँदैन। टिभी हेरे पनि, फेसबुक चलाए पनी, जतिखेर नि जताततै कोरोनाको मात्र कुरा छ। कहिलेकाही त मलाई मरिन्छ जस्तो पनि लाग्छ। यस्तै खालका मनमा अनेक किसिमका कुराहरू खेल्ने गर्छ। यो अवस्थामा विशेष गरेर हामी जस्ता युवाहरु अझ बढी मानसिक तनावमा पर्ने गर्दछ । हामी जस्ता युबाहरु यस बेला डिप्रेसनमा जाने सम्भावना पनि प्रचुर मात्रामा छ । नेपाल प्रहरीको अनुसार बिगत साडे दुई महिना यता ८७५ जनाले तनावका कारण आत्महत्या गरि सकेको अबस्था रहेछ । लकडाउनको समयमा सबै जना घरमै हुने हुदा किशोरी तथा युवा महिलाहरुलाई माथी पनि पारिवारिक हिंसा हुने उत्तिकै जोखिम नेपालको सन्दर्भमा छ । यस्ता खालका समस्याहरुलाई हामीले आ-आफ्नो स्थानबाट पनि न्यूनीकरण गर्न सक्छौ। आफै सचेत भएर ।
पहिले धैर्य गरौ र आत्मबिश्वास हऔ। सरकारले तोकेको लकडाउनको पालना गरि हामी रचनात्मक र सिर्जनात्मक कार्यहरू गर्यौ भने पनि मानसिक तनावबाट मुक्त हुन सक्छौ। सगै बिदेशबाट फर्केका सबै युबाहरु कृषीमा लाग्यौ भने हामी आत्मनिर्भर हुन सक्छौ र बाहय देशसंग खाद्यान्नमा परनिर्भर हुनुपनि पर्दैन। भन्छन नि हरेक समस्याले अबसर पनि सगै ल्याछ भनेर, हो यो , हाम्रो लागी आत्मनिर्भर हुने सुनौलो अबसर हुन सक्छ।
"हट्नेछ यो महामारी धैर्य गरी बसौं हामी सबै।"
"जय चन्द्र सुर्य"

Comments
Post a Comment