| राजु योन्जन |
एउटा सानो कोठामा साँडे दुई महिना देखि लगातार बन्दाबन्दीको अबस्थामा बस्दा मस्तिष्कमा विभिन्न विचारहरूले पौडी खेल्नु सोभाबिक नै हो । ति विचारहरू मध्ये आधुनिक सुचना र संचार प्रबिधिसंग लकडाउनको बखत धेरै नै नजिक हुन पुगेको बारेमा केहि कुरा लेख्न चेस्टा गरेको छु ।
वास्तवमा विश्व कोरोना भाइरस अर्थात् COVID 19 को सन्त्रासमा गुज्रिरहेको सबैलाई थाहा नै छ । लकडाउनले हामी सबैलाई चिडियाखानामा राखिएको जनुवार जस्तै बनाई दिएता पनि मानिसहरू बिभिन्न संचारमाध्यमबाटा जोडी आफुलाई व्यस्त बनाईरहेका छन् र कम्प्युटरका लागी आउने बिभिन्न नयाँ भर्जनका Windows जसरी नयाँ नयाँ आई सि टि टुलहरू, कार्य क्षेत्र र आफु संयमलाईअपग्रेड गराई रहेका छन् । ति मध्ये पनि एक हु ।
बाल्यकाल र प्रबिधि
साचै भन्ने हो भने जवाना पनि कहाँ पुगिसकेको रहेछ । म सानो हुदाको समय समझन्छु । कहाँ गतिला फोन थियो अहिलेका नानिबाबुसंग जस्तो र अहिले आफु संयमले चलाएको जस्तो । त्यसै गरि कहाँ सजिलै एक अर्कोसंग सहजै अहिलेको जसरी कुरा अनि ज्ञानका कुराहरू जान्नु पाउथ्यौ र । न त ईन्टरनेट न Application चल्ने फोन, खाली एउटा सानो फन हुन्यो, अहिलेको भाषामा भन्ने हो भने टिक टिके फोन । २०६० साल भन्दा अगाडि हुनु पर्छ, बुवाले फोन गर्नु हुदा हामी बसेको घरको तल्लो तलामा टेलीफोन थियो, त्यसैमा फोन गर्नु हुन्यो । अहिले सम्झिँदा कता कता रमाइलो र कता कता अचम्म पनि लाग्छ यस कुराको कि कहिले कहि फोन लाईन बस्नु पर्नेसम्म हुन्थ्यो । थोरै मानिसहरूमा मात्र राम्रो फोन हुन्थ्यो जो विदेशबाटा आएका हुन्थ्ये। नेपालमा संचार प्रबिधिको ढिलो विकास हुनुमा १० बर्ष जनयुद्ध पनि हुन सक्छ । यस बेला फोनबाट कुरा गर्न त गारो थियो, ईन्टरनेटमा सिक्ने त परको नै कुरा भयो । अझ बुवा आमा को पालामा त, यो कल्पना भन्दा बाहिरको कुरा थियो होला । र बिस्तारै संचार प्रबिधिको विकास सगै Android फोनको विकास भयो । मलाई जहा सम्म लाग्छ Android फोन कक्षा ९ मा पढ्दा विज्ञान विषय अध्यापन गराउने सरको देखेको थिए जसमा संचार प्रबिधिको सबै टुल पिसि र ल्यापटपमा जस्तै चल्छ भनिन्थ्यो ।
वास्तवमा हामी त्यस्ता दिनहरूबाट अहिले २४ सै घण्टा मोबाइल, ल्यापटप, ईन्टरनेट आदिमा सुचना र संचार प्रबिधिको विभिन्न टूलहरू प्रयोग गरेर देश विदेशमा रहेका सबै साथीहरूसंग सहजै कुरा गर्न सक्ने स्थितिमा आइसकेछौ । म यस मानेमा खुसी छु कि आफ्नै पालामा यसरी सुचना र संचार प्रबिधिको क्रमिक विकासको साची हुन पाएको छु । साचै भन्ने हो भने लकडाउन भन्दा अगाडीको समयमा मलाई यसको खासै ज्ञान भने थिएन । तर लकडाउनको फुर्सदको समयमा सुचना र संचार प्रबिधिलाई धेरै नजिकबाट नियालिरहनु भएका आदर्णीय सरहरूको सम्पर्कले गर्दा वास्तवमा सुचना र संचार प्रबिधि भनेको के हो, कसरी र किन प्रयोग गर्ने भन्ने कुरा प्र्याक्टिकल्लीरूपमा थाहा पाउने सुनौलो अबसर पाए । यसमा म खुसी छु ।
वर्तमान र सुचना र संचार प्रबिधि
वर्तमान र सुचना र संचार प्रबिधि
अहिले ल्यापटप, मुबाइल आदिको सहायताले अध्ययन गर्न पाईरहेका छौ र अध्यापन गराउन पनि । COVID 19 पछि को शिक्षा प्रणाली कस्तो हुने र हुनु पर्छ भन्ने सवालमा आएका यि सुचना र संचार प्रविधिका मुद्दाहरू बारे निरन्तर विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरूले विभिन्न तहमा अध्यापन गराउने विभिन्न बिषयको शिक्षकहरूलाई सुचना र संचार प्रविधिको तालिम चलाइरहेका छन्। यसकाे सम्बन्धमा विभिन्न सानाे देखि ठुलाे विधुतिय सामाग्रीहरु प्रयाेगमा आइरहेका छन् । भन्ने नै हाे भने वर्तमान समाजमा मानिसलाइ प्रयाेग गर्न सहज भएकाे कारण सानाे विधुतिय डिभाइहरू धेरै चल्तिमा छन् ।
यस्तो माईक्रो डिभाईसहरूको बिकास संगै सुचना र संचार मा प्रयोग हुने टि भि , रेडियो आदि दुर्लबको स्थितिमा छ भने कति पए कम्पनीले टि भिको गुनस्थर र विशेषतामा नै परिबर्तन गरेर ईन्टरनेट चलाउने बनाएका छन् र android टिभि पनि भित्री सकेको छ जसको अवस्था पनि जरजर छ । हाम्रो ध्यान ईस्मार्ट फोनमा छ, किन भन्दा यसको सहजताको कारण र कम्प्युटरको आदि भन्दा धेरै काम गर्ने भएकाले पनि हुन सक्छ । मानिसलाई वास्तवमै विश्वमा भएको सुचना र संचार प्रबिधिको विकास संगसंगै यसले चुनावी पनि पैदा गरि रहेको छ । कति समय, कस्का लागी चलाउने, के लाई चलाउने, के के फाईदा लिन चलाउने भन्ने कुरामा ध्यान दिएनौ भने यसले निकट भविष्यमा गम्भीर असर पार्ने निस्चित छ । यो यस्तो चिज हो कि जति गैरिएर गयौ त्यति नै गहिरो । जति चलायो त्यति नै चलााउ मन लाग्ने । यो साचै सागर भन्दा नि विशाल गहिरो रहेछ, साचै यो विश्वमा अकल्पनीय विकास पनि हो म ठान्दछु । एउटा अङ्ग्रेजीमा भनाई छ नि 'Every great dream begins with a dreamer'. विश्वलाई अहिले सम्म यस अवस्थामा ल्याउन पक्कै पनि यि महान सपनाको देय हुनुपर्छ ।

वास्तवमै सुचना र संचार प्रबिधिको पहुँचमा रहेको कारण लकडाउनको बेला विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाले आयोजना गरेको webinar मा सहभागी हुन पाएको र सुचना र संचार प्रबिधिको अझ धेरै ज्ञान लिन पाएको छु । कक्षाकोठाको प्रयोजनको सम्बन्धमा यति पर्याप्तरूपमा तालिम नलि प्रयोग गर्दा अत्यन्त घातक पनि हुन सक्छ। जति हामी ले सोचेको र आस गरेको प्रतिफल नाउन सक्छ । यस कारण चाहे कक्षाकोठामा होस चाहे अरू जुनकुनै क्षेत्रमा होस तालिम बिन प्रयोगमा ल्याएको खण्डमा यसको असर अकल्पनीय हुन सक्छ । लकडाउन को बेला सिकिएको ज्ञान भोली शिक्षण पेशामा लाग्दा पक्कै पनि प्लस पैट हुनसक्छ भन्ने मलाई लागेको छ ।
अलि फरक
अलि फरक
यी सबै भन्दै गर्दा हामी सुचना र संचार प्रबिधिको बिकास संगै आफुलाई बिर्सेको हो भन्ने मनमा लाग्यो र आफुसंग भन्दा पनि प्रबिधिसंग धेरै नजिक हुन पुग्यो जस्ले हामी भौतिक खुसि त दिन्छ तर पक्कै पनि आध्यात्मिक बनाउदैन । मेरो बिचारमा जबसम्म यि दुई तत्व संगसँगै जादैन हामी भौतिक सामाग्रीहरुसंग जति नै नजिक भए पनि खुसि रहन भने पक्कै सक्दैनौँ।
Comments
Post a Comment