मलाई कताकता ति दिनहरुले गालामा थपद हानेकाे जस्ताे आवास भयाे । सायद मलाई ति दिनहरु कापीमा नाेट गर भनेर घच्घच्याएकाे हुनुपर्छ । जनयुद्ध सुरु भएकाे साल जन्मेकाे रहेरछु आमाबाट थाहा भयाे। म ति कहालीलग्दाे दिनहरुकाे स्मरण कापीमा काेर्दैछु ।
आमाले अहिले पनि भन्नु हुन्छ म लगायत तेराे हजुरबुवा र हजुरआमालाइ कम्ता तनाव थियाे । हुन त त्यस बेला जनमुत्ति सेनाकाे मुख्य निसाना जनपद प्रहरी र प्रहरी प्रशासन पर्दै आइरहेकाे रहेछ । त्यहि पनि कतै शाहि सेना माथी पनि आक्रमण गर्ने त हैन भन्ने भय आमालाइ रहेछ । नहाेस पनि किन आफ्नाे जिवन साथी पक्कै सबैलाइ प्याराे हुने गर्दछ । प्रहरीले थेग्न नसक्ने भएपछि दङगा अर्थात शसत्र भन्ने फाेर्सलाइ तत्कालिन सरकारले गठन गरेकाे रहेछ । जाे जनपद प्रहरी भन्दा केही हिसाबले बलियाे हुने भनिन्थ्याे । हरेक दिन हरेक बेलुका रेडियाेमा बज्ने समाचारले पनि मान्छे मरेकाे समाचार वाहायक अरु फुक्दैन थियाे । काे मरे अखिर त्यहि नेपाली आमाकाे छाेराछाेरी त मरे । शाहि सेना जनमुत्ति सेन बिरुद्ध खटाउनु भन्दा अगाडीकाे घटनाहरु मलाइ खासै स्मरण छैन । म उमेरकाे हिसाबले ४ वर्षकाे रहेछु आमाले भन्नु भएकाे अनुसार ।
सायद २०५७ साल पछिकाे कुरा हुनुपर्छ । जब जनमुत्ति सेनाले दाङमा अवस्थित एउटा शाहि सेनाकाे व्यारेकमा हमला गर्याे र सरकार लगायत सबै देश भरीकै सैनिककाे परिवारलाइ भय बढायाे । त्यति खेर म ६ वर्ष पुग्न लागेकाे रहेछु । सायद ति शाहि सेना मात्र असुरक्षीत थिएनन् सगसगै तिनिहरुकाे परिवार पनि पक्कै धेरै असुरक्षित थिए । २०६० साल तिरकाे कुरा हाे म ९ वर्ष जतिकाे थिए । द्वन्द्व चर्किदै थियाे । मलाइ डर हुनु स्वभाविक नै थियाे मलाइ भन्दा १० गुणा डर र चिन्ता आमालाइ थियाे किन कि बुवा त्यस बेला शाहि सेनाकाे सदस्य हुनुहन्थ्याे । द्वन्द्व चर्किएर उग्र स्थान लिइ रहदा मेराे आमा जस्ता कति आमाहरु थिए हाेलान त्यसरी एकातिर छाेराछाेरीकाे चिन्ता अर्काे तिर आफ्नाे पतिलाइ केहि हाेला भन्ने चिन्ता ।सम्झिदा अहिले पनि आङग सिरिङ्ग भएर आउछ ।म, भाइ, वहिनी, आमा बुवा गरि हामी ५ जना थियाै । एउटा सारै दुःख लागेकाे कुरा त्याे समय र परिस्थितिले हामीलाइ जिउदाे बुवालाइ मृत्यु भइसकेकाे भन्न बाध्य तुल्यायो । हामीलाइ आमाले सिकाउनु भएकाे थियाे, नसिकाहाेस पनि किन हजुरबवालाइ लगातार तेराे छाेरा शाहि सेनाबाटा निकाल नत्र मर्छ भनेर थर्काउदाे रहेछ तत्कालिन मावबादी जनमुक्ति सेना। हामी त्यस बखत धुरामा बस्थ्याै । जब हामी बिदामा घर जान्थ्योै हजुरबुवाले आमालाइ सुनाउनु हुन्थ्याे, कहिले काहि त्याे जनमुत्ति सेनाले हामिलाइ पनि सोथ्ये । हामी आमाले सिकाउनु भएकाे कुरा नै भन्थ्याै बुवा त बितिसक्नु भयाे भनेर । अझै ताजा छ शाहि सेनाकाे सन्तानकाे रुपमा प्रतक्ष झेलेका ति तिताे सङकटका समयको सम्झनाहरु ।
सिन्धुली सदरमुकामबाटा पस्चिम तिर दिनै जसाे बेलुका बम बिसपाेट हुदा हामीलाइ धेरै त्रसित बनाउथ्याे हामीलाइ भन्दा आमालाइ बुवालाइ केहि हुने हाेकि भनेर कति रात सुत्नै हुन्न थियो । मलाइ मझाले याद छ ति पछिला घटनाक्रमहरु । सायद म कक्षा दुइ तिर पढ्थ्ये । त्याे रेडियाेमा बेलुकी पख बझ्ने समाचारबाटा हाम्राे आमा अझ धेरै भयवित हुन्थ्ये । रेडियाेले पनि शाहि सेनाकाे यति सहदात भयाे र जनमुत्ति सेनाकाे यति भयाे भन्ने समाचार भन्दा अरु प्रसारण नै गर्दैन थियाे । सायद त्याे समाचारले हामीलाइ मात्र नभएर देशै भरिकाे शाहि सेनाकाे परिवारलाइ त्रसित पक्कै बनाउथ्याे । झन मृत्यु हुने सेनाकाे परिवारकाे घरमा कस्ताे अवस्था भएकाे थियाे हाेला । सम्झिदा पनि आखा रसाएर आउछ ।
मेराे बुवा जस्ता कति थिए हाेलान् । कतिकाे हाम्राे जस्तै परिवार थिए हाेला । नभएका पनि अब त जागिरे भइयाे यार बिहे गर्नुपर्छ भनेर याेजना साथीलाइ सुनाउने पनि पक्कै थिए हाेला । कति आमाहरु रुहे हाेलान लक्का जवान छाेराहरु गुमाउनु पर्दा । कठै मेरी आमा ति तिताे दिनहरु कसरी झेलिन हाेलान अहिले सम्झिदा मेराे आखा भरि आसु जम्ने गर्छ । हुन त बुवालाइ केहि भएन तर बुवा जस्तै धेरैले तत्कालिन सरकारकाे कम्जाेरीका कारण धेरैले ज्यान गुमाउनु पर्याे ।
त्याे द्वन्द्वले न त साहि सेना न जनमुत्ति सेनालाइ नै फाइदा गर्याे । फाइदा त खाली त्यही द्वन्द्व गर्न उक्साउने महानहरुलाइ भयो र भइरहेकाे छ । मुलुक परिवर्तन गर्न धेरै शाहि सेना र जनमुत्ती सेनाहरुकाे ज्यान जाने गरि १० वर्ष गरिएकाे द्वन्द्वले खाली राजनितिक परिवर्तन मात्र खाेजेकाे थियाे र ? पक्कै पनि हाेइन । समाज परिवरतन र विकासकाे गति चाहान्थे ।
जनयुद्ध विस्राम भएकाे पनि लगभग १५ वर्ष जति भइसकेछ । शिक्षामा गुणस्तर खाेइ ? खै स्वस्थ्यमा सुदार र निशुल्क त परकाे कुरा हाे । द्वन्द्वमा गरिएकाे नारा र एजेण्डाहरुकाे हिसाबले त विश्वकाे विकसित देशहरु भन्दा कम नहुनु पर्ने । यहि हाे मुलुक परिवर्तन भएकाे ? त्यसै माथी भ्रष्ट्रचारकाे समाचार सुन्दा मुटु चिरिएर आउछ।
त्याे द्वन्द्वले न त साहि सेना न जनमुत्ति सेनालाइ नै फाइदा गर्याे । फाइदा त खाली त्यही द्वन्द्व गर्न उक्साउने महानहरुलाइ भयो र भइरहेकाे छ । मुलुक परिवर्तन गर्न धेरै शाहि सेना र जनमुत्ती सेनाहरुकाे ज्यान जाने गरि १० वर्ष गरिएकाे द्वन्द्वले खाली राजनितिक परिवर्तन मात्र खाेजेकाे थियाे र ? पक्कै पनि हाेइन । समाज परिवरतन र विकासकाे गति चाहान्थे ।
जनयुद्ध विस्राम भएकाे पनि लगभग १५ वर्ष जति भइसकेछ । शिक्षामा गुणस्तर खाेइ ? खै स्वस्थ्यमा सुदार र निशुल्क त परकाे कुरा हाे । द्वन्द्वमा गरिएकाे नारा र एजेण्डाहरुकाे हिसाबले त विश्वकाे विकसित देशहरु भन्दा कम नहुनु पर्ने । यहि हाे मुलुक परिवर्तन भएकाे ? त्यसै माथी भ्रष्ट्रचारकाे समाचार सुन्दा मुटु चिरिएर आउछ।
गृहयुद्धकाे तिताे यथार्थ

कस्ताे अाएकाे छ कृपया कमेन्ट गर्दिनु हाेला है
ReplyDelete