हामीले हाम्रो भाषा संरक्षण गर्दै छौ त ?



राजु योञ्जन 

 भाषा भनेको एकअर्काेसंग बोल्न बनाइएको माध्यम हो । अर्को अर्थमा मानिसको केही इच्छा आकंक्षा भवना एक अर्कासंग साटसाटको माध्यम भाषा हो र मानिसको जिवनमा यसले एकदमै महत्वपुर्ण भुमिका खेल्दै आएको छ । विश्वमा लगभगग ६५०० भाषहरु बोलीन्छ । भाषा भनेको ठाउँ, भोगुल र देश अनुसार फरक फरक हुन्छ । हरेक देशमा बोलीने भाषाले महत्व बोकेको हुन्छ किनभने भाषाले त्यस देशको पहिचान जनाउछ । विश्वमा त्यस्तो धेरै देशहरु छन् जहाँ दुई भन्दा धेरै भाषाहरु बोलीन्छ जस्तै नेपाल, भारत लगाएत एसिया महादेशको धेरै जस्तो देशहरुमा । हरेक देशको भाषाले त्यस देशको मौलकिता र इतिहास बोकेको हुन्छ । त्यहाको आवाजलाई झल्काउछ । बेवल वाओरको पौराणीक कथामा लेखिएको अनुसार मानिसको सुरुवाती समयमा एउटा र एकदमै फरक भाषा थिए र अहिले त्यस्ता भाषा ६ हजार भन्दा माथी पुगेको छ ।
६५०० भाषाहरु मध्यमा १२९ भाषाहरु नेपालमा वोलीन्छ ६ वटा भाषाहरु हालै पहिचान भएको छ ।
विश्वमा थोरै देश जहाँ नेपालमा जस्तै विविधता छ । नेपालको संविधान २०७२ भाग १ को धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरुलाई राष्ट्रभाषा भनेको छ । त्यस मध्ये नेपाली भाषा सरकारी कामकाजको भाषा र सबैको साझा भाषा हो । यो भाषा हरेक क्षेत्रमा धेरै लामो समय देखि प्रयोगमा छ । यसले हामीलाइ नेपाली भनेर विश्व सामु चिनाउदछ ।
२१ औँ सताब्दि सगै विज्ञान र प्रविधिको विकासले गति लियो । यसमा शक्तिशाली र विकसित देशको हैकम चल्दै आएको छ । रुस, अमेरीका र ब्रिटेन जस्ता शक्तिशाली र बिकसित देशले आफ्नो शक्ति बिस्तार गर्दै गर्दा हाम्रो देश नेपाल पनि यस्को प्रभावबाट टाढा रहन सकेन । नेट, कम्प्युटर, हरेक मेसिनेरी सामाग्रीहरुमा पश्चिमामुलुकको प्रभाव परेको हामीले महसुस गरि रहेका नै छौ ।
अंङ्ग्रेजी अन्तराष्ट्रिय भाषा हो । मलाई कता कता स्वाभिमानि नेपालीको जुन किसिमले गाथा गाइन्थ्यो यो हाल अलि कम भएको महसुश भइरहेको छ । हामी अंग्रेजी भाषा सिक्न संस्थागत विद्यालय जान्छौ जहा नेपाली विषय एउटा हुन्छ तैपनि संवाद गर्न पुरै निषेध गरेको हुन्छ । भक्ति थापा, बलभद« कुबर जस्ता महान योद्धाले पानि नखाइ नखाइ लडेर अंङ्ग्रेजबाट जोगाएको हो यो देश । फेरी पनी हामी तिनिहरुको बिस्तारै गुलामी बन्न गइ रहेका छौ । हामीले यो कुरा बुझ्नु जरुरी छ । भाषा सिक्नु जान्नु आफैमा नराम्रो कुरा त होइन तर अर्काको भाषा सिक्दै गर्दा आफ्नो भाषा बिर्सिनु धेरै नराम्रो कुरा हो र बुझ्नुस तपाइ गुलामी हुनुहुदैछ ।
जापानको एक प्रसिद व्यक्तिले भन्नु भएको छ की अर्काको भाषा बोलेर देश बिकाश हन्छ भन्ने सम्झिनु भएको छ भने त्यो तपाइको सपना मात्र रहनेछ । हो यसकारण हामी हाम्रो भाषा बोल्दा शुद्ध बोल्न सिकौँ र संरक्षण गरौँ ।
हामी आमालाई mom भनिरएका हुन्छौ । वुबालाई dad भनिरएका हुन्छौ । मलाई लाग्छ धेरै जस्तो बच्चाहरुलाई आमा र वुबा शव्द थाहा छैन होला । मलाइ के कुरा अझ ताजुव लागेर आउछ भने नेपाली शिक्षक पनि अंङ्ग्रेजी बोली रहेको हुन्छ सिकाइ रहेको हुन्छ । भने पछि हाम्रो भाषा कुन अवस्थामा छ । हुदा हुदा दिदि लाई दि बनाइ सक्यौ र दाईलाई दा बनाइ सक्यौ, समय लाई ‘ Time ‘ र तनाब लाई ‘ Tension ‘ भन्छौ । यि त केहि उदाहरण मात्र हुन हामीले धेरै नेपाली शव्द अंङ्ग्रेजी संग चपाएर खाइसकेका छौ । यसको जिम्बेवारी कस्ले लिने आफैले, परिवारले शिक्षकले, विद्यालयले कि सरकारले ?
बबेल टावरले भनेका छन हरेक वर्ष २५ भाषाहरु विलिन हुन्छ । यो सताब्दिमा मात्रै ६००० भाषाहरु हराइसकेको भनेर अनुमान गरेका छन् । के पनि विश्वाश गरेका छन् भने हरेक ४ दिनमा एउटा भाषा हराउछ । latin, संस्कृत भाषा, Akkadian, र यस्ता धेरै भाषाहरु विश्वमा लोप भइसकेका छन् । हामी अंग्रेजी बोलेर नेपाली भाषाको संरचना बिगार्ने नेपालीको इतिहासको बोतलमा बिर्काे लाग्न धेरै समय छैन ।
२०६५ साल तिरको कुरा हो, म कक्षा ५ मा पढ्थे । सामाजिक अध्ययन विषयमा एउटा पाठ सरले पढाउनु भएको थियो जहा हरि भन्ने पात्रा थियो । उ साधारण व्यक्ति हुन्छ । उ गाउँको अध्ययन सकाएर सहर जान्छ । केहि साल हराएर आउछ र हरि होइन ह्यारी बनेर आउछ । टालेको प्यान्ट, बोलाइ फरक । भनेको जस्तै हाम्रो नेपाली भाषामा पनि हरि ह्यारी भएको जस्तो र प्यन्ट कपडाका टुक्राले टालेको जस्तो बिच बिचमा अग्रेजी घुसाएर आफ्नो भाषालाइ नटालौ र नेपाली भाषाको स्वरुपलाई नबिगारौँ । अग्रेंजी बोल्दै हनुहुन्छ भने पुरै अंग्रेजी बोलौ र नेपाली बोली रहदा पनि पुरै बोलौ र आफ्नो उत्गम स्थल र पहिचान नबिर्सौ ।

Comments